नेकपा (एमाले) संसदीय दलको बैठक सिंहदरबारमा सूरु भएको छ । रसुवामा आएको बाढीबाट भएको मानवीय तथा भौतिक क्षति र त्यसपछि उत्पन्न जटिल परिस्थितिबारे प्रतिनिधिसभामा पार्टीको तर्फबाट प्रस्तुत गरिने विषय तथा एजेण्डा तय गर्न बैठक बसेको हो।
बैठकमा विशेषगरी रसुवाको भोटेकोशी बाढीलगायत देशका विभिन्न भागमा भएका विपद्का घटनाबारे छलफल भइरहेको एमालेले जनाएको छ। विपद्पछिको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका विषयमा बैठकमा सघन छलफल हुने बताइएको छ।
पार्टीले आगामी प्रतिनिधिसभा बैठकमा विपद् न्यूनीकरणका लागि सरकारले अपनाउनुपर्ने दीर्घकालीन उपाय तथा विपद्पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने विषयलाई प्राथमिकताका साथ उठाउने तयारीमा एमाले रहेको छ।
प्रकाशित: १६ भाद्र २०८३ १५:१४ मंगलबार