राजनीति

चितवन–२ मा एमालेको अग्रता, रवि दोस्रो स्थानमा

चितवन निर्वाचन क्षेत्र नम्बर-२ को प्रारम्भिक मत परिणाम अनुसार नेकपा एमालेले अग्रता लिएको छ।

सार्वजनिक परिणाम अनुसार एमालेका उम्मेदवार अस्मिन घिमिरेले ३२५ मतसहित सुरुवाती अग्रता बनाएका छन्।

उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पछ्याइरहेका छन्। लामिछानेले २११ मत प्राप्त गरेका छन्। घिमिरे र लामिछानेबीच ११४ मतको अन्तर छ।

त्यस्तै, नेपाली कांग्रेसकी उम्मेदवार मिना कुमारी खरेल १४५ मतसहित तेस्रो स्थानमा रहेकी छन्।

प्रकाशित: २२ फाल्गुन २०८२ ०३:२२ शुक्रबार