नेकपा एमालेका नेता महेश बर्तौलाले एकताबद्ध कांग्रेस अहिलेको आवश्यकता भएको बताएका छन् । उनले नेपाली कांग्रेसले हालको असामान्य र जटिल राजनीतिक परिस्थितिमा आफैंलाई सम्हालेर अघि बढ्नुपर्ने महत्त्वपूर्ण आवश्यकता रहेको बताए ।
उनले भने, ‘मुलुकका लोकतान्त्रिक संस्थाहरूमाथि सुनियोजित आक्रमण भैरहेको बेलामा काङ्ग्रेसले आन्तरिक आवेग र उत्तेजनाबाट बाहिर निस्केर फुटेर नभई जुटेर अघि बढ्नु आजको राष्ट्रिय आवश्यकता हो। यस यथार्थतालाई बुझेर काङ्ग्रेस अघि बढ्न सकोस, हाम्रो तर्फबाट यही शुभेच्छा रहेको छ।’
उनले अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै राजनीतिक दलहरूले सहिष्णुता र संयमता अपनाउनुपर्नेमा जोड दिएका छन्।
प्रकाशित: २८ पुस २०८२ १९:११ सोमबार