भक्तपुर क्षेत्र नं. २ अन्तर्गत विभिन्न स्थानीय तहका नेकपा एमालेसँग आबद्ध नेता तथा कार्यकर्ताहरू नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्।
सूर्यविनायक नगरपालिका वडा नं. ८ का श्याम मचामसी, राम बाला र राजू लवजू, भक्तपुर नगरपालिका वडा नं. ७ का रघुनाथ सुवाल तथा चाँगुनारायण नगरपालिका वडा नं. ८ का कृष्ण राम कवा लगायतका नेता-कार्यकर्ताहरूले नेकपा एमाले परित्याग गरी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका हुन्।
उनीहरूलाई नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले पार्टीमा स्वागत गरे। पार्टीमा स्वागत गर्दै संयोजक दाहालले वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी तथा क्रान्तिकारी शक्तिहरूको एकता अपरिहार्य भएको बताएका छन्। यो पार्टी प्रवेशले भक्तपुर २ मा राम्रो नतिजा आउने विश्वास व्यक्त गरे।
नवप्रवेशी नेता तथा कार्यकर्ताहरूले पार्टीको सिद्धान्त, नीति तथा नेतृत्वप्रति विश्वास व्यक्त गर्दै आगामी दिनमा संगठन सुदृढीकरण र जनसरोकारका मुद्दामा सक्रिय रहने प्रतिबद्धता जनाएका छन्।
प्रकाशित: १८ फाल्गुन २०८२ १०:५१ सोमबार