राजनीति

एमाले नेता अधिकारीद्वारा सक्रिय राजनीतिबाट बिदाको घोषणा

नेकपा एमालेका संगठन विभागका निवर्तमान प्रमुख एवं प्रभावशाली नेता काशीनाथ अधिकारीले सक्रिय राजनीतिबाट विश्राम लिने बताएका छन्। अधिकारीले पार्टीका कार्यकारी जिम्मेवारी र कमिटीहरूबाट अलग हुने निर्णय सार्वजनिक समेत गरेका छन्।

पचास वर्ष लामो राजनीतिक यात्रा गरेका अधिकारीले नेकपा एमालेमा लगातार ३३ वर्ष केन्द्रीय सदस्य भए पनि आफू कहिल्यै नेता नभएको र राजनीतिकर्मी रहेको बताएका छन्। अधिकारीले विगतको समीक्षा गर्दै आफूले सधैँ इमान र निष्ठाको राजनीति गरेको र पचास वर्षको राजनीतिक जीवनमा ४४ वर्ष पूर्णकालीन भएर काम गरेको बताए।

आफूले कहिल्यै पद र अवसरका लागि मरिहत्ते नगरेको स्पष्ट पार्दै अधिकारीले एउटा असल कम्युनिष्ट बन्ने सपना बोके पनि सबै मानकहरू पूरा गर्न नसकेको स्वीकार गरेका छन्।

प्रकाशित: ४ पुस २०८२ १०:४० शुक्रबार