राजनीति

एमाले सधैं देश निर्माण गर्ने शक्ति हो: ईश्वर पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नम्बर-५ का उम्मेदवार ईश्वर पोखरेलले एमालेले सधैँ देश निर्माण गर्ने शक्ति भएको बताएका छन्।

आज टोखामा आयोजित घरदैलो कार्यक्रममा उनले भने, ‘एमालेले देश बनाउने काम गर्छ, देश विगार्ने काम गर्दैन।’

नेता पोखरेलले जनताका गुनासा, आलोचना र समस्या सुन्ने र समाधानतर्फ लाग्ने प्रतिबद्धता पनि व्यक्त गरे।

उनले फरक परिस्थितिमा हुन लागेको यो निर्वाचनमा देशलाई सही ट्र्याकमा ल्याउनैका लागि देशभर एमालेको जित आवश्यक रहेको औंल्याए।

प्रकाशित: ६ फाल्गुन २०८२ २०:३१ बुधबार