राजनीति

मुख्यमन्त्री थापालाई विश्वासको मत दिन एमाले बागमतीका सांसदलाई निर्देशन

नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलले प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत लिने प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई निर्देशन दिएको छ।

एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक एकालाल श्रेष्ठले सोमबार जारी गरेको निर्देशनमा मुख्यमन्त्री थापा मगरले नेपालको संविधानको धारा १८८ (४) बमोजिम प्रदेशसभामा विश्वासको मत प्राप्त गर्ने प्रस्ताव राख्ने भएकाले प्रदेशसभा बैठकमा अनिवार्य सहभागी हुन भनिएको छ।

निर्देशनमा एमालेका प्रदेशसभा सदस्यहरूलाई मुख्यमन्त्री थापा मगरले प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्नसमेत आग्रह गरिएको छ।

मुख्यमन्त्रीले विश्वासको मत लिन लागेकाले एमाले संसदीय दलले आफ्ना सांसदलाई ह्वीप जारी गर्दै प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिएको हो।

प्रकाशित: ८ भाद्र २०८३ ०७:२५ सोमबार