राजनीति

एमाले महाधिवेशन : आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदै

नेकपा (एमाले) को जारी ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज (मंगलबार) नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ। भृकुटीमण्डपमा जारी बन्दसत्रस्थलमा पार्टीको केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान दिउँसो १ देखि साँझ ७ बजेसम्म हुने छ।

अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन्। आयोगले सोमबार अबेर सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक नामावलीअनुसार अध्यक्ष पदमा यी दुईबिच प्रतिस्पर्धा हुने भएको हो।

महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिँदै छ।

प्रकाशित: १ पुस २०८२ ०७:१५ मंगलबार