नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा आज मतदान हुँदैछ। भृकुटीमण्डपमा मतदानको तयारी तीव्र छ। बिहानैदेखि नयाँ नेतृत्वका लागि चहलपहल बढेको छ। देशभरबाट आएका प्रतिनिधिसँग उम्मेदवार र समर्थकहरू मत माग्दै छन्।
उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भइसकेको छ। यस क्रममा पासाङ लामा शेर्पा र लुम्बिनीका धर्मराज गिरीको उम्मेदवारी खारेज भएको पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ।
यसैगरी १४ जना केन्द्रीय सदस्यका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्। तीमध्ये खुला र समावेशी क्लस्टरका धेरै छन्। उनीहरूले मुख्यतः नागरिकता पेस गर्न नसकेको कारण देखाएका छन्।
प्रकाशित: १ पुस २०८२ १३:५९ मंगलबार