राजनीति

एमाले महाधिवेशन : पोखरेल समूहबाट महासचिवमा सुरेन्द्र, उपमहासचिवमा योगेश फाइनल

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले जारी ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रको दोस्रो दिन आज नयाँ नेतृत्वका लागि उम्मेदवार मनोनयन हुँदैछ। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहबाट महासचिवमा सुरेन्द्र पाण्डे, उपमहासचिवमा योगेश भट्टराईको नाम फाइल भएको छ।

निर्वाचन कार्यतालिकाअनुसार आज मनोनयनका लागि बिहान ९:०० देखि दिउँसो १२:०० बजेसम्म उम्मेदवारको दरखास्त फारम विवरण गरिनेछ। मनोनयनपछि आजै दिउँसो २:३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गर्ने र दिउँसो २:३० देखि ३:०० बजेसम्म उम्मेदवारको विरोधमा उजुरी लिने समय तालिका तोकिएको छ। 

यस्तै आयोगले उम्मेदवारको नाम फिर्ता लिनका लागि आज दिउँसो ३:१० देखि ५:०० बजेसम्म समय तोकेको छ र उम्मेदवारको अन्तिम नामावली साँझ ६:०० बजे प्रकाशित गर्ने निर्वाचन कार्यतालिकामा उल्लेख गरिएको छ। निर्वाचन आयोगले आज सबै प्रक्रिया सकेर भोलि पुस १ गते निर्वाचन हुने जनाएको छ। 

आयोगका अध्यक्ष डा सुब्बाका अनुसार नयाँ नेतृत्वका लागि यही पुस १ गते बिहान ११:०० देखि बेलुका ५:०० बजेसम्म मतदान हुनेछ।  मतदान महाधिवेशनस्थल भृकुटीमण्डपमा हुनेछ।

एमालेले यसपटक पनि विद्युतीय भोटिङ मेसिनबाट मतदान गर्ने भएको छ। महाधिवेशनमा दुई हजार २६२ प्रतिनिधि सहभागी छन्। नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ।

प्रकाशित: २९ मंसिर २०८२ ११:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App