राजनीति

एमाले महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक बस्दै

नेकपा एमालेको ११ औ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितीको बैठक अहिले बिहान ८ बजेबाट बस्दै छ। 

प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशन आउन दुई दिन बाँकी रहँदा हालसम्मका तयारी र अब गर्नैपर्ने कामका सन्दर्भमा बैठकमा छलफल हुनेछ। ‘आज मुख्य गरी जनपरिचालनको तयारीका सन्दर्भमा उपमहासचिव प्रदिप ज्ञवालीले रिर्पोटिङ गर्नुहुन्छ,’ गौतमले भने, ‘बढीभन्दा बढी कार्यकर्ता परिचालन गरेर जनसभा व्यापक बनाउन अन्य समितिका तर्फबाट पनि सुझाव दिइने छ।’ मुल समितिको संयोजक महासचवि शंकर पोखरेल छन् भने सचिवमा उपमहासचिव पृथ्वी सुब्बा गुरुङ छन्।  

आज १४ वटै समितिका संयोजकहरूले आ-आफ्नो तर्फबाट गरिएको तयारीका बारेमा बैठकमा जानकारी गराउने छन्। सबै समितिहरूलाई आफ्नो भूमिका थप प्रभावकारी बनाउन महासचिव पोखरेलले निर्देशन दिने छन्।

बैठकमा महाधिवेशन उद्घाटन कार्यक्रमको प्रारूपका विषयमा पनि जानकारी गराइने छ।

प्रकाशित: २५ मंसिर २०८२ ०७:५० बिहीबार