राजनीति

एमाले महाधिवेशन पुराना पार्टी सकिए भन्नेलाई जवाफ होः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको ११ औँ महाधिवेशनले पुराना पार्टीहरू सकिए भन्नेका लागि जवाफ भएको टिप्पणी गरेका छन्। बुधबार महाधिवेशनको समापन समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।  

‘एमालेको ११ औँ महाधिवेशन पुराना पार्टीहरू सकिए भन्नेका लागि जवाफ बनेर देखाएको छ,’ ओलीले भने,‘नेकपा एमाले सकिने पार्टी होइन, एक जीवन्त र अजम्बरी पार्टी हो।’

प्रकाशित: ३ पुस २०८२ १८:३४ बिहीबार