ललितपुरको गोदावारीमा जारी नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी सदस्य कर्णबहादुर थापालाई फरक मत प्रस्तुत गर्न रोकेका छन्।
बन्दसत्रमा थापाले ३२ पृष्ठको फरक मत राख्न खोज्दा ओलीले समय अभावको कारण देखाउँदै रोकेका हुन्। थापाले झन्डै आधा घण्टा उभिएर आग्रह गरे पनि बोल्न पाएनन्। उनले आफ्नो मत लिखित रूपमा प्रतिनिधिहरूलाई बाँडेका छन्।
थापाको फरक मतमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नरोक्न र उनलाई पार्टीमा जिम्मेवारी दिन माग गरिएको छ। उनले भण्डारीको सदस्यता २०६२ असार १४ मा ओली आफैंले नवीकरण गरेको दाबी गरेका छन्। थापाले भण्डारीलाई रोक्नु लोकतान्त्रिक मान्यता र नेपालको संविधानविपरीत हुने तर्क गरेका छन्।
नेता थापाले पार्टीमा आन्तरिक लोकतन्त्र कमजोर भएको, संगठनात्मक संरचना गुटजस्तो बनेको र भण्डारीको सदस्यता खारेज गर्नु गलत भएको तीनवटा विषय उठाएका छन्। ओलीले भने राति ३ घण्टा छलफलपछि थापासँग फरक मत नराख्ने सहमति भएको दाबी गरेका छन्।
प्रकाशित: २१ भाद्र २०८२ १३:०० शनिबार