राजनीति

एमाले दाङ-२ बाट महासचिव पोखरेल एकल सिफारिस

आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन प्रत्यक्षतर्फका लागि नेकपा एमालेबाट दाङ क्षेत्र नम्बर २ ले महासचिव शंकर पोखरेलको नाम एकल सिफारिस गरेको छ।

आज बसेको क्षेत्रीय समन्वय समितिको बैठकले महासचिव पोखरेलको एकल नाम सिफारिस गरेको क्षेत्रीय संयोजक सुदन केसीले जानकारी दिए। यो क्षेत्र महासचिव पोखरेलको गृह क्षेत्र हो।

प्रकाशित: २० पुस २०८२ १३:०६ आइतबार