राजनीति

‘अहिलेकै संरचनाबाट एमाले अघि बढ्न सक्दैन’

नेकपा एमाले केन्द्रीय सदस्य माधव ढुङ्गेलले अहिलेकै संरचनाबाट पार्टी अघि नबढ्ने बताएका छन् ।

शुक्रबार नेकपा एमाले रामेछापले आयोजना गरेको पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ढुङ्गेलले अब पार्टी निर्माणको काम शून्यबाट सुरु गर्नुपर्ने बताए । ‘अहिलेकै पार्टीको संरचनाबाट, अहिलेकै पार्टीका कमिटीबाट हामीले धेरै ठुलो विश्वास गर्न सक्ने अवस्था छैन, अहिलेकै पार्टी सदस्यबाट ठुलो उपलब्धि हासिल गर्न सकिने अवस्था छैन’, उनले भने ।

पार्टीको उम्मेदवारको मात्र होइन समानुपातिक भोट समेत घटेको बताउँदै उनले उम्मेदवार मन नपर्न सक्ने भए पनि पार्टीलाई नै भोट नहाल्ने स्थिति आउनु निक्कै खतरनाक भएको उनले बताए । ‘विचार, निष्ठा र दृष्टिकोण पनि भुलिसक्यो हाम्रो सदस्यले’, ढुङ्गेलले भने ।

ढुङ्गेलले पार्टी जीवनको अब निर्मम समीक्षा गरेर अघि बढ्नुपर्ने बताए । पार्टीले यति ठुलो क्षति बेहोरेकोले अब निर्मम समीक्षा हुनुपर्ने उनको धारणा छ ।

कार्यक्रममा पार्टीका अगुवा कार्यकर्ताहरूले पार्टीका अहिलेका सबै संरचनाहरूलाई पुनर्गठन गरी अघि बढ्न सुझाव दिएका थिए ।

 

प्रकाशित: २७ चैत्र २०८२ १६:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App