राजनीति

एमालेका कार्यकर्ताले प्रश्न गर्ने मात्र होइन जवाफ पनि दिनुपर्छ: सचिव अर्याल

नेकपा (एमाले)की सचिव पद्मा अर्यालले एमाले राजनीतिक परीक्षा दिनुपर्ने चरणमा रहेको बताएकी छिन्।

राष्ट्रिय भेलामा स्वागत मन्तव्य राख्दै अर्यालले यस्तो बताएकी हुन्। उनले आउने स्थानीय तहको निर्वाचनलाई राजनीतिक परीक्षा हुने बताइन्।

'आउने स्थानीय तहको निर्वाचनको परीक्षा हामीले जित्नै पर्छ', अर्यालले भनिन्, 'गत निर्वाचनको क्षतीपूर्ती हामीले हामी आउने निर्वाचनबाट लिनु पर्दछ। हामी जनतासँग बसेर उनीहरूका गुनासा सुन्ने र समाधानका लागि पहल गर्नुपर्छ।'  

एमालेका कार्यकर्ताले आलोचना र प्रश्न मात्र गर्ने होइन उत्तर दिन पनि तयार हुनुपर्नेमा उनले जोड् दिइन्। 'हामी माथी जनताले प्रश्न गरेका छन्। त्यस्ता प्रश्नको जवाफ कार्यकर्ताले पनि दिनु पर्दछ। सबै कुरा नेतृत्वतिर फर्काएर हुँदैन। पार्टी बलियो बनाउन निष्क्रिय बसेका कार्यकर्तालाई सक्रिय बनाउनु पर्छ', उनले भनिन्।

प्रकाशित: २ मंसिर २०८३ १२:३८ बुधबार