राजनीति

ओली पक्राउपछि च्यासलमा एमाले कार्यकर्ताको प्रदर्शन

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि एमाले कार्यकर्ताहरूले च्यासलमा नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका छन्।प्रदर्शनकारीहरूल ‘बालेन सरकार मुर्दावाद’ भन्दै नाराबाजी गर्दै ओलीको रिहाइको माग गरेका हुन्।  

भदौ २३ मा भएको जेन जी आन्दोलनका क्रममा नवयुवाहरूको मृत्यु भएको घटनामा कार्की आयोगको प्रतिवेदनले ओलीलाई दोषी ठहर गरेको बताइएको छ। उक्त प्रतिवेदनको अध्ययनपछि नवगठित सरकारले शनिबार बिहान पूर्वप्रधानमन्त्री ओलीसहित पूर्व गृहमन्त्री रमेश लेखक लाई पक्राउ गरेको छ।

पक्राउको विरोधमा एमाले कार्यकर्ताहरूले  सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।   

प्रकाशित: १४ चैत्र २०८२ ११:११ शनिबार