स्वतन्त्रबाट उम्मेदवारीको तयारी गरिरहेका महोत्तरीका उज्जवलकुमार झालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले टिकट दिएको छ। यसअघि एकल रूपमा स्वतन्त्रबाट उम्मेदवारीको तयारी गरेका झालाई रास्वपाले टिकट दिएपछि अहिले सोही पार्टीबाट महोत्तरी क्षेत्र नम्बर ३ मा उनले उम्मेदवारी दर्ता गर्दै छन्।
झा भ्रष्टाचार विरोधी अभियन्ता हुन्। साथै उनी समाजसेवी पनि हुन्। उनी लामो समयदेखि जनताको आधारभूत आवश्यकता, शिक्षा, स्वास्थ्य, सामाजिक न्याय र युवाको सशक्तीकरणका क्षेत्रमा सक्रिय छन्।
उनको उम्मेदवारी भ्रष्टाचार विरुद्धको अभियान, समाजप्रतिको समर्पण, दूरदर्शिता र जनसेवाप्रतिको प्रतिबद्धताको स्पष्ट संकेत मानिएको छ।
प्रकाशित: ६ माघ २०८२ १०:५१ मंगलबार