असोज २२ र २३ गते विराटनगरमा मुख्यमन्त्री सम्मेलन गर्ने कोशी प्रदेश सरकारले निर्णय गरेको छ।
कोशी प्रदेशको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री गोम्बु शेर्पाले जानकारी दिए।
शेर्पाका अनुसार मन्त्रिपरिषद्को बैठकले प्रदेश बीमा सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक तर्जुमाका लागि सम्बन्धित मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिने निर्णयसमेत गरेको छ।
यस्तै मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव आसमान तामाङलाई उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा समेत सचिवको जिम्मेवारी दिने निर्णय गरेको छ।
त्यस्तै, सहसचिव नीता शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवमा पदस्थापन गरी प्रदेश योजना आयोगको समेत कामकाज गर्ने गरी खटाउने निर्णय बैठकले गरेको छ।
प्रकाशित: १२ आश्विन २०८३ १९:५३ सोमबार