राजनीति

आज दुई समितिका बैठक बस्दै

संघीय संसद्अन्तर्गत आज दुई संसदीय समितिका बैठक बस्दै छन्। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति तथा विधायन व्यवस्थापन समितिको बैठकमा फरक फरक विषयमा छलफल हुने कार्यसूची छ।

बिहान ९ः३० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘रसुवा बाढी पहिरोका कारण पर्यटन क्षेत्रमा परेका प्रभाव’बारे छलफल हुनेछ।

यस्तै, अपराह्न १२ः१५ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ माथि दफावार छलफल गर्ने कार्यसूची छ।

यसैबिच, संघीय संसद् प्रतिनिधिसभाको बैठक पनि आज अपराह्न १ बजे बस्दैछ। सिंहदरबारमा बस्ने बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोटेकोशी बाढी र त्यसबाट भएको क्षतिसम्बन्धी विशेष प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

बैठकमा भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख प्रकट गरिनेछ।

प्रकाशित: १७ भाद्र २०८३ ०६:१९ बुधबार