राजनीति

संसद् सचिवालयमा दुई विधेयक दर्ता

सरकारले संघीय संसद् सचिवालयमा दुई नयाँ विधेयक पुर्याएको छ। सरकारले बिहीबार प्रतिनिधिसभामा भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक, २०८३ र नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ दर्ता भएका हुन्।  

यी दुवै विधेयक मन्त्रिपरिषद्ले संसद्‌मा दर्ता गर्न अनुमति दिएको लामो समयपछि संघीय संसद् सचिवालयमा दर्ता भएको हो । सरकारले विधेयक दर्ता गरेसँगै अब ती विधेयक संसद्को प्रक्रियामा प्रवेश गरेका छन्।     

प्रकाशित: १८ भाद्र २०८३ १३:५३ बिहीबार