राजनीति

त्रिशूलीको विपद्ले नदी पार गर्ने पूर्वाधार ४०/५० वर्षअघिको अवस्थामा धकेलियो : सांसद न्यौपाने

सांसद श्रीराम न्यौपानेले त्रिशूली नदीमा आएको विपद्का कारण नदी पार गर्ने पूर्वाधारको अवस्था ४०/५० वर्षअघिको प्रविधिमा फर्किएको अनुभूति भएको बताएका छन्।

तुइन पुलमा चढेर नदी पार गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा राख्दै उनले यस्तो बताएका हुन्। न्यौपानेले हिजो (शुक्रबार) ६ घण्टाको कठिन यात्रा गर्दै साँझ ७ बजे त्रिशूली नदी पारि पुगेर बास बसेको र आज तुइन पुल पार गर्दै पुनः विदुर पुगेको जानकारी दिएका छन्।

उनले त्रिशूलीमा आएको विपद्पछि नदी वारपार गर्ने पूर्वाधारमा देखिएको समस्याप्रति संकेत गर्दै अहिलेको अवस्थाले आफूलाई दशकौँ पछाडि धकेलिएको अनुभूति भएको बताए।

‘त्रिशूलीको विपद्ले नदी पार गर्ने पूर्वाधारको अवस्था ४०/५० वर्षअघिको प्रविधिमा धकेलिदिएको अनुभूति भयो,’ न्यौपानेले भनेका छन्।

प्रकाशित: २० भाद्र २०८३ ०९:०१ शनिबार