राजनीति

कांग्रेस नेता रामहरि खतिवडालाई पितृशोक

नेपाल कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडालाई पितृशोक परेको छ।  

७७ वर्षका जीवनाथ खतिवडाको केही समय अघि निधन भएको हो। झन्डै एक घन्टा अघि आफ्ना पिताको स्वास्थ्य कमजोर भएको र बचाउने अन्तिम प्रयासमा रहेको तर अवस्था राम्रो नभएको केन्द्रीय सदस्य खतिवडाले सामाजिक सञ्जालमा लेखेका थिए। पौने नौ बजे खतिवडासँग नागरिक न्यूजले उनको पिताको स्वास्थ्य बारे राखेको जिज्ञामा उनले भने,‘नो मोर।’

स्वर्गीय खतिवडाको भोलि (सोमबार) बिहान साढे आठ बजे पशुपति आर्यघाटमा दाहसंस्कार हुने पारिवारिक स्रोतले जनाएको छ।

प्रकाशित: १६ कार्तिक २०८२ २१:२९ आइतबार