मकवानपुरको बकैया गाउँपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा ठूलो संख्यामा स्थानीय घाइते भएका छन्।
बकैया गाउँपालिका वडा नम्बर ७ अधेरीमा मंगलबार लु ५ त १७४ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना भएको हो।
दुर्घटनामा परी अन्दाजी २१ देखि २२ जना घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।
घाइतेहरूको उद्धार गरी उपचारका लागि हेटौंडा ल्याइएको छ। हाल घाइतेहरूको हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घाइतेहरूको अवस्था, पहिचान र दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।
प्रकाशित: १ पुस २०८२ १५:५३ मंगलबार