राजनीति

तोसिमाले त्यागिन् सांसद पद

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सांसद डा तोसिमा कार्कीले पद त्यागेकी छिन्।

उनले मगंलबार सामाजिक सञ्जाल मार्फत पद त्याग गरेका घोषणा गरेकी हुन्।

उनले लेखेकी छिन्,'म आधिकारिक रूपमा पत्र नै बुझाउँला तर आज भाद्र २४ गते ११: ५५ बजे देखिनै यो अपराधी र संवेदनाहीन सरकारको कठपुतली बनेको संसद्को जिम्मेवारीबाट हट्ने र २०७९ को निर्वाचनको सांसद नरहने घोषणा गर्दछु।GenZ am with You !'

प्रकाशित: २४ भाद्र २०८२ १२:१४ मंगलबार