राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ तोसिमा कार्कीले सचिवालय सदस्यमा भएको मनोनयनलाई लिएर प्रश्न गरेकी छन्। रास्वपाले सोबिता गौतम, गणेश पराजुली, शिशिर खनाल र हरि ढकाललाई सचिवालय सदस्यका रूपमा मनोनयन गरेपछि कार्कीले आपत्ति प्रकट गरेकी हुन्।
उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘पार्टीमा रिफर्मेसनको एजेण्डा उठिरहेको थियो। त्यसैको लागी विस्तारित बैठक तोकिएको थियो। महाअधिवेशन कैले गर्ने, के गर्ने, भन्ने निर्णयको लागी २ हप्तामा हुन लागेको विस्तारित बैठकसमेत नकुरी सचिवालय विस्तार गरियो।’
उनले अगाडि लेखेकी छन्, ‘हामीले खोजेको रिफर्मेसन यो होइन। कार्यकारी नेतृत्व परिवर्तन हो, पुनर्गठन हो। फेरि पनि भन्दै छु हामी थप लोकतान्त्रिक हुन जरुरी छ। कार्यशैली सच्याउन जरुरी छ। पार्टीका गतिविधिहरूमा संगठनको जरा जराले अपनत्व महसुस गर्न सक्नुपर्छ।’
उनले विस्तारित बैठकमा पार्टीको संगठनको बृहत् सहभागिता र मताधिकारको सुनिश्चित गरियोस् भन्ने माग पुनः दोहोर्याएकी छिन्। मताधिकार नदिने भए देश भरीबाट चितवनसम्म बोलाएर, समय, पैसो, श्रम खर्च गरेर निर्णयको अधिकार नदिने भए बैठकको औचित्य नहुने उनले स्पष्ट पारेकी छन्।
शनिबार बसेको पार्टी केन्द्रीय समितिको भर्चुअल बैठकमा सभापति लामिछानेले पार्टी विधानको धारा २६ अनुसार चार जनालाई कार्यवाहक सभापति डोलप्रसाद अर्यालले चार जनालाई सचिवालय सदस्यमा मनोनीत गरेका हुन्।
उनले लेखेकी छन्
पार्टीमा रिफर्मेसनको एजेण्डा उठिरहेको थियो। त्यसैको लागी विस्तारित बैठक तोकिएको थियो। महाअधिवेशन कैले गर्ने, के गर्ने, भन्ने निर्णयको लागी २ हप्तामा हुन लागेको विस्तारित बैठकसमेत नकुरी सचिवालय विस्तार गरियो। हामीले खोजेको रिफर्मेसन यो होइन। कार्यकारी नेतृत्व परिवर्तन हो, पुनर्गठन हो।
फेरी पनि भन्दैछु हामी थप लोकतान्त्रिक हुन जरुरी छ। कार्यशैली सच्याउन जरुरी छ। पार्टीका गतिविधिहरूमा सङ्गठनको जरा जराले अपनत्व महसुस गर्न सक्नुपर्छ।
पुनः दोहोर्याउँछु, विस्तारित बैठकमा पार्टीको सङ्गठनको बृहत् सहभागिता र Voting rights को सुनिश्चित गरियोस् भनी माग गर्दछु।
Voting rights नदिने भए देश भरीबाट चितवन सम्म बोलाएर, समय, पैसो, श्रम खर्च गरेर निर्णयको अधिकार नदिने भए बैठकको औचित्य छैन।
प्रकाशित: २ कार्तिक २०८२ ११:५१ आइतबार