राजनीति

एमालेको पत्रकार सम्मेलनको समय र स्थान परिवर्तन

नेकपा एमालेले आज आयोजना गर्न लागेको पत्रकार सम्मेलनको समय र स्थान परिवर्तन भएको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजे हुने भनिएको पत्रकार सम्मेलन अब दिउँसो २ बजे भक्तपुरको सल्लाघारीस्थित महाधिवेशनस्थलमै हुने प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले जानकारी दिए।

सम्मेलनमा एमालेको ११औं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी लगायतको विषयमा जानकारी गराइने उनले बताए।

प्रकाशित: २६ मंसिर २०८२ १०:२४ शुक्रबार