राजनीति

तिब्बतका प्रमुख नेताले दिए प्रधानमन्त्री शाहलाई बधाई

तिब्बतका प्रमुख नेता सिक्योङ पेम्पा छेरिङले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएका छन्। उनले  केन्द्रीय तिब्बती प्रशासन र तिब्बती जनताको तर्फबाट शाहलाई बधाई दिएका हुन्।  

‘हालै जेन-जेडको नेतृत्वमा भएको आन्दोलनपछि सबैभन्दा कान्छो प्रधानमन्त्रीको रूपमा तपाईंको उदय, नेपाली जनताको, विशेष गरी युवा पुस्ताको आकांक्षाको शक्तिशाली प्रतीकको रूपमा खडा छ।’, सिक्योङले लेखेका छन्।

पत्रमा थप लेखिएको छ, ‘नेपाल र तिब्बतबीच गहिरो जरा गाडेको ऐतिहासिक र आध्यात्मिक बन्धन छ जुन पुस्तौंदेखि टिक्दै आएको छ। यी सम्बन्धहरूलाई नेपालमा रहेका तिब्बती समुदायले अझ बलियो बनाएका छन्, जसले तिब्बतको जबरजस्ती कब्जा पछि शरण पाएका थिए र लामो समयदेखि आफ्नो तिब्बती पहिचानलाई जोगाउँदै नेपालको सामाजिक र आर्थिक संरचनामा योगदान पुर्‍याएका छन्। यो सम्भव भएको हो नेपाल सरकार र जनताको उदारताले, जसको लागि हामी गहिरो आभारी छौं।’    

उनले अन्त्यमा यस सक्षम नेतृत्वमा मित्रताको निरन्तर सुदृढीकरणको लागि तत्पर रहने र नेपाल प्रगति, समृद्धि र सकारात्मक परिवर्तनतर्फ अगाडि बढ्ने आशा गरेको बताएका छन् ।  

प्रकाशित: १५ चैत्र २०८२ १५:०३ आइतबार