राजनीति

‘आफ्नो टिकट आफैँ बाँड्नेले त चुनाव हार्छन्, अरूको ग्यारेन्टीको के फुइँ?’

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले अवसरवादी राजनीति र गठबन्धनको नाममा हुने सत्ताको खेलमाथि कटाक्ष गरेका छन्। 

राजनीतिमा सैद्धान्तिक स्पष्टता र जनताको मन जित्ने क्षमताको महत्त्वमाथि जोड दिँदै स्वार्थपरक र पूर्वाग्रहपूर्ण दृष्टिकोणले मात्र पद र फोरम प्राप्त गर्न सकिए पनि त्यसले सच्चा राजनीतिक प्रभाव नपार्ने बताएका छन्। 

सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, ‘संवैधानिक र कानुनी बाध्यता नभएका राजनीतिक विषयलाई स्वार्थपरक र पूर्वाग्रहपूर्ण सैद्धान्तिक लेपन लगाएर फोरम र पद प्राप्त गर्न त सजिलै सकिन्छ। तर राजनीतिले मन कब्जा गर्न सक्नु पर्छ। आफ्नो टिकट आफैले बाँड्न सक्नेले त चुनाव हार्छन्, अरूको ग्यारेन्टीको के फुइँ लाउनु?’

प्रकाशित: १५ भाद्र २०८२ १२:४६ आइतबार