राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले तीन वर्षीया बालिका गरिमा चौधरीका दोषीलाई हदैसम्मको कारबाही हुनुपर्ने बताएका छन्।
आधुनिक समाजमा कल्पना समेत गर्न नसकिने बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीमाथिको जघन्य अपराधको घटनाले जोकोहीको शरीर जिरिङ्ग हुने र मानवताको नाममा लज्जाबोध हुने बताए। उनले महिला तथा बालबालिकाविरुद्ध हुने जघन्य अपराधमा विद्यमान कानुन फास्ट ट्रयाकबाट संशोधन गरेर भए पनि सरकारले आम नागरिक र विशेषगरी छोरीचेली, महिलाहरूमा सुरक्षाको प्रत्याभूति दिलाउनुपर्ने माग राखे।
'आधुनिक समाजमा कल्पना समेत गर्न नसकिने बाराकी ३ वर्षीया नाबालिका गरिमा चौधरीमाथिको जघन्य अपराधको घटनाले जोकोहीको शरीर जिरिङ्ग हुन्छ, दिमाग खल्बलिन्छ, मन हुँडलिन्छ र मानवताको नाममा लज्जाबोध हुन्छ। यो पाशविक घटनाका दोषीलाई हदैसम्मको कारबाही हुनुपर्छ,' सामाजिक सञ्जालमा उनले लेखेका छन्, 'महिला तथा बालबालिकाविरुद्ध हुने जघन्य अपराधमा विद्यमान कानुन फास्ट ट्रयाकबाट संशोधन गरेर भएपनि सरकारले आम नागरिक र विशेषगरी छोरीचेली, महिलाहरुमा सुरक्षाको प्रत्याभूति दिलाउनुपर्दछ।'
खेल्न आँगनबाट अलिक पर पुगेकी बालिका, विद्यालय गएकी किशोरी, घाँस दाउरा गर्न निस्केकी महिला सुरक्षित घर फर्किउन् भनेर अभिभावकले पुकार गर्नुपर्ने त्रासदीपूर्ण अवस्थाको अन्त्यका लागि सरकारले कानुन निर्माणदेखि यावत विषयमा प्रभावकारी कदम अविलम्ब गर्न उनले सुझाव दिए।
उनले बालिका गरिमाले न्याय पाउनै पर्ने माग गरे।
प्रकाशित: ६ भाद्र २०८३ १०:१६ शनिबार