राजनीति

सभापति थापाले यसरी मनाए कुकुर तिहार (तस्बिरसहित)

नेपाली कांग्रेसका सभापति गगन थापाले कुकुर तिहारको अवसरमा नेपालीहरूलाई शुभकामना दिएका छन्।

थापाको सचिवालयले सामाजिक सञ्जालमार्फत कुकुर पूजाका केही तस्बिर सार्वजनिक गर्दै प्रकृति र प्राणीप्रतिको सम्मान नेपाली संस्कार र संस्कृतिको महत्त्वपूर्ण विशेषता भएको सन्देश दिएको छ।

सचिवालयले लेखेको छ, ‘प्रकृति र प्राणीप्रतिको सम्मानलाई आफ्नै संस्कार र उत्सवमा समेट्ने हाम्रो नेपाली मौलिकता वास्तवमै विशिष्ट छ।’

हिन्दु धर्मावलम्बीहरूले तिहारमा कुकुरको पूजा गरी मीठा परिकार खुवाएर कुकुर तिहार मनाउँछन्। कुकुरलाई इमानदार र बफादार साथीका रूपमा सम्मान गर्ने गरिन्छ।

प्रकाशित: २२ कार्तिक २०८३ १५:०७ आइतबार