राजनीति

यो निर्वाचन संविधानलाई ‘ट्रयाक’मा ल्याउन अनिवार्य : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पनि मतदान गरेका छन्। सर्लाही–४ बाट उम्मेदवार रहेका थापाले काठमाडौं–४ स्थित मैतीदेवीबाट मतदान गरेका हुन्।

मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस निर्वाचनले दिने ‘म्यानडेट’ ले आगामी पाँच वर्षमा देश सञ्चालनको मार्गचित्र बनाउने बताए।

‘संविधान ‘लिक’भन्दा बाहिर गइसकेपछि लामो समयसम्म राजनीतिक अनिश्चितता हुन्छ कि भन्ने भय थियो। त्यसैले यो निर्वाचन संविधानलाई ‘ट्रयाक’मा ल्याउन अनिवार्य थियो’, उनले भने, ‘निर्वाचन हुने नहुने द्विविधाकाबिच देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ।’

उनले सरकारले सफलतापूर्वक निर्वाचन गराइरहेको भन्दै सरकारलाई धन्यवाद समेत दिए। नेपाली कांग्रेसले सभापति थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको छ। 

प्रकाशित: २१ फाल्गुन २०८२ ०९:५१ बिहीबार