राजनीति

यी हुन् रास्वपाको केन्द्रीय समितिमा नयाँ अनुहार (सूची)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो केन्द्रीय समिति विस्तार गर्दै ३३ जना नयाँ सदस्य थप गरेको छ।

काठमाडौं महानगरका मेयर बालेन शाह र ऊर्जामन्त्री कुलमान घिसिङ नेतृत्वको ‘उज्यालो नेपाल’ अभियान तथा विवेकशील साझा पार्टीसँगको पार्टी एकीकरणपछि रास्वपाले आइतबार केन्द्रीय समितिमा नयाँ अनुहारहरू भित्र्याएको हो।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा दिउँसो र साँझ बसेका छुट्टाछुट्टै केन्द्रीय समिति बैठकले कुल ३३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो।

पार्टी प्रवक्ता मनिष झाका अनुसार दिउँसो बसेको बैठकले विवेकशील साझा पार्टी छाडेर रास्वपासँगको एकतामा समाहित भएका ७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो।

यसैगरी, साँझ सवा ७ बजे बसेको बैठकले मेयर बालेन शाहको टिमबाट थप २६ जनालाई केन्द्रीय समितिमा मनोनीत गरेको छ। 

बालेन शाहको टिमबाट:

बालेन शाह

सुनिल लम्साल

भूपदेव शाह

सस्मित पोखरेल

सागर ढकाल

लक्ष्मण थारु

रमेश पौडेल

खगेन्द्र सुनार

गणेश पौडेल

सन्तोष गिरी

डा. नमिता यादव

सरिता ज्ञवाली

सुशान्त वैद्य

लक्ष्मी बर्देवा

शिव यादव

रोहन कार्की

अनन्तराज घिमिरे

रामकुमार ढुंगाना

प्रदीप ज्ञवाली

जेम्स कार्की

मधुसुदन ढकाल

ओजस्वी थापा

केपी खनाल

आदित्य आचार्य

प्रदीप पाण्डे

खेमराज साउद

विवेकशील साझाबाट आएका सदस्यहरू

समीक्षा बाँस्कोटा

प्रकाशचन्द्र परियार

सुरज प्रधान

नवराज थापा

आशुतोष प्रधान

धनेज थापा

रञ्जु दर्शना

प्रकाशित: २० पुस २०८२ २०:४१ आइतबार