राजनीति

प्रधानमन्त्रीसँग प्रश्नोत्तर नहुने, गृहमन्त्रीले बाढीबारे सदनलाई जानकारी गराउने

प्रतिनिधि सभामा आज हुने भनिएको प्रधानमन्त्रीसँगको  प्रश्नोत्तर कार्यक्रम स्थगित गरिएको छ।

विभिन्न जिल्लामा बाढीले पुर्‍याएको क्षतिका कारण स्थगित प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रम स्थगित गरिएको हो।

यस्तै, बैठकमा गृहमन्त्री सुधन गुरुङले भोटेकोशी बाढीबारे जानकारी गराउने भएका छन्। गृहमन्त्रीले बैठकलाई बाढीपछि खोज, उद्धार र राहतका विषयमा भएका प्रयासबारे जानकारी गराउने संसद् सचिवालयले जनाएको छ।

प्रकाशित: १० भाद्र २०८३ १३:५० बुधबार