राजनीति

७० वर्षे उमेरहद व्यक्तिगत रूपमा कसैलाई मन लागेर राख्ने वा नराख्ने भन्ने हुँदैन : उपाध्यक्ष शाक्य

नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीमा ७० वर्षे उमेरहद राख्ने कि नराख्ने भन्नेबारे विधान महाधिवेशनले नै निर्णय गर्ने बताएकी छन्। बुधबार (आज) नागरिक फ्रन्टलाइनमा नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलसँग कुराकानी गर्दै उपाध्यक्ष शाक्यले यस्तो बताएकी हुन्।

'यो ७० वर्षे उमेरहद अहिले व्यक्तिगत रूपमा कसैलाई मन लागेर राख्ने वा नराख्ने भन्ने हुँदैन। विधान महाधिवेशन भनेको चाहिँ सबै प्रतिनिधिहरू बस्ने, महाधिवेशनमा त प्रतिनिधिहरू हुन्छन् नि त, उहाँहरूको भावना, विचार बुझ्नुपर्छ। अनि सर्वसम्मत गर्न सकियो भने राम्रै भयो, होइन भने अल्पमत-बहुमत पार्टीको संरचना त छँदैछ, निर्णय गर्ने प्रक्रिया त छँदैछ। त्यसरी जानुपर्छ होला भन्छु म,' उनले भनिन्।

उपाध्यक्ष शाक्यले पार्टीबाट विभाजनमा गएका मुकुन्द न्यौपाने, वामदेव गौतम, माधवकुमार नेपाललगायतका नेताहरूका लागि ७० वर्षे उमेरहदबारे बहस भएको बताए। तर, अब आउँदो महाधिवेशनले यसबारे अन्तिम निर्णय गर्ने उनले बताए।

प्रकाशित: ३२ असार २०८२ १९:३९ बुधबार

#NagarikNews #Ashtalaxmi Shakya