राजनीति

देशभर आतंक छ, जेन–जी विद्रोह बाहेक केही भन्दैनन्: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभर रहेको आतंकको स्थिति छाडेर सरकारले जेन–जी विद्रोह मात्रै भनिरहेको टिप्पणी गरेका छन्। शनिवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। 

‘अब अहिले अर्थोक भन्दै भन्दैनन्, जेन–जी विद्रोहबाहेक भन्दै भन्दैनन्,’ ओलीले भने, ‘आगलागीको कुरै गर्दैनन्, भयानक क्षतिको कुरै गर्दैनन्। मानिस, सिंगै देश ट्रमाको स्थितिमा छ, त्यसको कुरै छैन। आतंक छ देशमा, त्यसको कुरै छैन।’ 

आफ्नो त गुन्डुको घरको नक्सा, लोकेसन, कताबाट जाने भनेर नक्सा राखेर, आक्रमण गरेका एआई फोटो बनाएर प्रचार गरिरहेको उनले बताए। ‘मलाई घाइते रगत पच्छे देखाएर, यो सबै प्रिपेरेसन(पूर्व तयारी) हो। यो कुरा अब पनि सरकारले नरोक्ने?,’ उनले भने।

प्रकाशित: १ कार्तिक २०८२ १५:४१ शनिबार