राजनीति

रास्वपामा नयाँ–पुरानो भन्ने हुँदैन, को अब्बल महत्त्वपूर्ण हुन्छ : महामन्त्री आचार्य

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्यले पार्टीभित्र नयाँ र पुरानोबीचको प्रतिस्पर्धाभन्दा क्षमता र योग्यताका आधारमा प्रतिस्पर्धा हुनुपर्ने बताएका छन्।

बुधबार रास्वपा तनहुँले आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै महामन्त्री आचार्यले पार्टीमा नयाँ र पुरानो भन्ने आधारमा विभाजन गर्न नहुने बताए।

‘नयाँ–पुरानो भन्ने कुरा रास्वपामा हुँदैन। तनहुँले पनि यही मर्मलाई अगाडि बढाओस्,’ उनले भने, ‘तनहुँको पार्टी संरचनामा नयाँ र पुरानोबीच प्रतिस्पर्धाभन्दा पनि को अब्बल छ भन्ने कुराको प्रतिस्पर्धा होस्।’

उनले पार्टीभित्र व्यक्तिको क्षमता, योग्यता र योगदानका आधारमा अवसर तथा जिम्मेवारी निर्धारण गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए।

‘कसमा क्षमता बढी छ भन्ने कुरामा प्रतिस्पर्धा होस्,’ महामन्त्री आचार्यले भने। बैठकमा जिल्लाको पार्टी सङ्गठन, आगामी कार्यदिशा तथा सङ्गठन सुदृढीकरणलगायत विषयमा छलफल भएको रास्वपा तनहुँका सभापति विश्वनाथ बास्तोलाले जानकारी दिए।

प्रकाशित: ७ आश्विन २०८३ १७:१२ बुधबार