राजनीति

‘मन्त्री बन्न दौडधुप आवश्यक छैन, प्रधानमन्त्री बनेपछि बालेनले आफैं टिम बनाउँछन्’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता असिम शाहले मन्त्री बन्नका लागि कुनै पनि प्रकारको दौडधुप र भनसुन आवश्यक नरहेको बताएका छन्।

आइतबार सामाजिक सञ्जालमा लेख्दै उनले बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि आफैं क्याबिनेट टिम छनोट गर्ने बताएका हुन्।

सांसदहरूको योग्यता र क्षमताका विषयमा बालेनलाई राम्रो जानकारी भएको बताउँदै असिमले मन्त्री पद प्राप्त गर्न मिडिया ट्रायल वा प्रचारबाजी गर्न जरुरी नरहेकोमा जोड दिए।

‘मन्त्री बन्न दौडधुप गर्न, भनसुन गर्न, मिडिया ट्रायल गर्न वा प्रचार गर्न आवश्यक छैन, केही नगरे पनि हुन्छ। जब बालेन शाह प्रधानमन्त्रीका रूपमा नियुक्त हुनुहुन्छ, उहाँले आफ्नो क्याबिनेटको टिम आफैं छनोट गरेर बनाउनुहुनेछ। उहाँलाई सबै सांसदहरूको योग्यता र क्षमताबारे राम्रो जानकारी छ।’ उनले लेखेका छन्।

प्रकाशित: २४ फाल्गुन २०८२ २०:०१ आइतबार