राजनीति

मुख्यमन्त्रीबाट राजीनामा दिने आधार छैन : मुख्यमन्त्री लामा

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा नदिने बताएका छन् । आफ्नो सरकार संविधानको धारा १६८(२) अनुसार बनेको दाबी गर्दै उनले सरकार गठन गर्दा दलको नेता हुनैपर्छ भन्ने नरहेको बताए।  

यो सरकारलाई दुई वर्षसम्म अविश्वास प्रस्ताव ल्याउनै नमिल्ने तर्क गर्दै मुख्यमन्त्री लामाले भने,'निर्वाचनको कुरा गर्दा संविधानको कुरा आउँछ। संविधानको धारा १६८(२) अनुसार बनेको सरकार हो यो। त्यसअनुसार सरकार गठन गर्दा दलको नेता हुनैपर्छ भन्ने छैन। त्यसैले यो सरकारलाई दुई वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन मिल्दैन। संविधानले स्थिर सरकारको व्यवस्था गरेको छ। एकचोटि अविश्वास प्रस्ताव दर्ता भयो भने अर्को पटक फेरि एक वर्ष कुर्नुपर्ने प्रावधान छ। त्यसैले संविधानले स्थिर सरकारको लागि छुट्टै व्यवस्था गरेको हो, जुन सबैले पालना गर्नुपर्छ।'

यो पनि पढ्नुहोस्

बागमती प्रदेश : कांग्रेस संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित

सत्तासाझेदार दल नेकपा (एमाले)ले कांग्रेसको संस्थागत निर्णय मान्ने बताएपछि मुख्यमन्त्री लामाले दलहरूको निर्णयभन्दा माथि संविधान हुने बताउँदै उक्त् कुरा व्यक्तिगत निर्णयमा मात्रै निर्भर नहुने उल्लेख गरे।  

उनले भने, ‘मैले राजीनामा दिनुपर्ने आधार नै छैन । सबै संविधान अनुसार नै हुन्छ । संविधानभन्दा बाहिर कोही पनि ठुलो हुन सक्दैन।’

प्रकाशित: १४ श्रावण २०८२ १७:०८ बुधबार