राजनीति

प्रहरी र सरकारबीच अघोषित युद्ध हो : भावना राउत

जेनजी अभियन्ता भावना राउतले प्रहरी प्रशासनको भूमिका र सरकारको जवाफदेहितामाथि प्रश्न उठाएकी छन्। सामाजिक सञ्जालमार्फत राउतले प्रहरी कसको मातहतमा छ र प्रहरी प्रशासनको नेतृत्व गर्ने जिम्मेवारी कसको हो भन्ने प्रश्न उठाएकी छन्।

हिजो सत्तामा रहेकाहरूलाई जवाफदेही बनाउन प्रश्न गर्नेहरूले आज आफैँ सत्तामा हुँदा घटनाबारे आफूलाई थाहा नभएको भन्न नमिल्ने उनको भनाइ छ। ‘हिजो अरूलाई सोधेका प्रश्नको जवाफ आज आफैँले दिनुपर्दैन ?’ उनले प्रश्न गरेकी छन्। 

राउतले सरकारलाई प्रहरी प्रशासनको जिम्मेवारी लिन र संविधान तथा कानुनले दिएको अधिकारको सीमाभित्र रहेर काम गर्न आग्रह गरेकी छन्। 

‘आफ्ना बन्दुकधारी सम्हाल। प्रहरी सम्हाल। गृह मन्त्रालय सम्हाल। संविधान र कानुनले दिएको अधिकारको सीमा बुझ। नागरिकलाई कानुनी राज्यको प्रत्याभूति दे,’ उनले लेखेकी छन्। 

प्रकाशित: १४ कार्तिक २०८३ ११:३६ शनिबार