राजनीति

समानुपातिक तर्फको मत पनि रास्वपालाई

प्रतिनिधि सभा निर्वाचन २०८२ मा प्रत्यक्षतर्फ रास्वपाको उत्साहजनक नतिजा आइरहँदा समानुपातिकतर्फको मतगणनामा पनि उस्तै लहर देखिएको छ।

निर्वाचन आयोगले उपलब्ध गराएको पछिल्लो एकीकृत विवरणअनुसार रास्वपाले अन्य स्थापित र पुराना दलहरूलाई निकै पछाडि पार्दै निकै अग्रता कायम गरेको छ।

हालसम्म कुल ३३ हजार ३ सय ८९ मतको गणना हुँदा रास्वपा एक्लैले १९ हजार २५ मत प्राप्त गरेको छ ।  रास्वपालाई पछ्याइरहेको नेपाली कांग्रेसले ६ हजार २ सय ९५ मत पाएको छ ।

 

प्रकाशित: २२ फाल्गुन २०८२ २३:२० शुक्रबार