नेकपा एमालेका नेता विष्णु रिजालले माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतको नेपाली कम्युनिष्ट पार्टी एकतालाई भ्यागुताको धार्नीसँग तुलना गरेका छन्।
नेकपा (एमाले) र अध्यक्ष केपी शर्मा ओलीलाई गाली गर्न इच्छुकहरूले एउटै मञ्च त पाए तर भ्यागुताको धार्नी पुगेर कुनै परिणाम ननिस्किने दाबी गरे।
'नेकपा (एमाले) र अध्यक्ष केपी शर्मा ओलीको रिसले गरिएको एकताले गाली गर्न इच्छुकहरूलाई एउटै मञ्च उपलब्ध त गराउला तर भ्यागुताको धार्नी पुगेर कुनै परिणाम निस्किन्न,' रिजालले सामाजिक सञ्जाललमा लेखेका छन्, 'माइनस र माइनस जोड्न त मिल्छ तर योगफल माइनस नै हुन्छ।'
प्रकाशित: २७ कार्तिक २०८२ ०८:०८ बिहीबार