नेकपा माओवादी केन्द्रका काठमाडौं महानगर कमिटीका तत्कालीन अध्यक्ष राजेश लामा एमाले प्रवेश गरेका छन् ।
सोमबार दिउँसो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुण्डुस्थित निवासमा अध्यक्ष ओलीले पार्टीको झन्डा, नेपालको झन्डा र खादा ओढाएर पार्टी प्रवेश गराएका हुन् । अध्यक्ष राजेश लामाले एमाले प्रवेश गर्न अलि ढिलो भएको बताए ।
कमिटीका अध्यक्ष राजेश लामासँगै जिल्ला कमिटीका सदस्य विष्णु जोशी पनि एमाले प्रवेश गरेका छन् ।
प्रकाशित: १२ माघ २०८२ १६:५७ सोमबार