प्रतिनिधि सभाको सभामुख यहीँ आइतबार चयन हुने भएको छ। प्रतिनिधि सभाको बिहीबार बसेको बैठकले आइतबारका लागि सभामुख चयनको समय निर्धारण गरेको हो।
सभाको अध्यक्षता गरिरहेका जेष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुख निर्वाचनको कार्यतालिका तय गर्न संघीय संसदका सचिव पद्मप्रसाद पाण्डेयलाई आग्रह गरे। सचिव पाण्डेयले आजै सभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गर्नेछन्।
प्रकाशित: १९ चैत्र २०८२ १६:०२ बिहीबार