राजनीति

सुरक्षा संयन्त्रको अवस्था खस्केकै अवस्थामा छः पूर्व प्रमुख निर्वाचन आयूक्त पोखरेल

निर्वाचन आयोगका पूर्व निर्वाचन आयुक्त भोजराज पोखरेलले सुरक्षाकर्मीको मनोबल अझै पनि निर्वाचनका लागि चुनौती रहेको बताएका छन्। बुधबार नागरिक फ्रन्टलाइनमा कुराकानी गर्दै पोखरेलले दलहरूले पनि त्यही कुरामा आशंका गरिरहेको बताएका हुन्।

‘बाहिरबाट हेर्दा दलहरुको व्यवहार सुरक्षा व्यवस्थातिर देखिन्छ। माहोल तात्ने देखिन्छ। तातिँदै जाने देखिन्छ,’ पोखरेलले भने,‘तर सुरक्षा संयन्त्र अझै पनि मनोबल खस्केकै अवस्थामा छ।’  

जेन–जी आन्दोलनका क्रममा सुरक्षाकर्मीले नै बढी पीडा भोगेको पनि उनले बताए। ‘किनभने उनीहरूले भोग्यो नि। आफै नि पीडित नि भए नि। साधनस्रोतको जति चाहिने हो, पुगिसकेको अवस्था छ,’ उनले भने।  

अझै पनि सुरक्षाकर्मीलाई चाहिने हतियार, गाडी सबै प्राप्त नभइसकेको पोखरेलले बताए। उनले भने, ‘आफ्नै आँखा अगाडिबाट हतियार लुटिएको छ। ती हतियार र ती मान्छेलाई कसैले त्यो प्रक्रियामा दुरुपयोग गर्दिन्छ कि भन्ने अलिकति अप्ठेरो महशुस गरिरहेको अवस्थामा चुनौतीपूर्ण देखिन्छ।’  

प्रकाशित: ७ माघ २०८२ १९:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App