राजनीति

आजलाई बोलाएको रास्वपा सचिवालय भोलिलाई सारियो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आज बस्ने भनिएको सचिवालय बैठक स्थगित गरिएको छ।

पार्टी सभापति रवि लामिछानेको निर्देशानुसार सचिवालय बैठक भोलि बस्ने तय भएको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए।

उनका अनुसार बैठक भोलि बिहान १० बजे काठमाडौंको वनस्थलीस्थित पार्टी कार्यालयमा बस्नेछ।

बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि समानुपातिक उम्मेदवार सिफारिसलगायत पछिल्ला विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ।

यसैगरी बैठकमा वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा सरकार गठन गर्ने सम्भावनाबारे समेत छलफल हुने जनाइएको छ।

हालैको निर्वाचनपछि उत्पन्न राजनीतिक परिस्थिति र आगामी रणनीतिबारे समेत सचिवालय बैठकले महत्वपूर्ण निर्णय लिन सक्ने बताइएको छ।

प्रकाशित: ३० फाल्गुन २०८२ १५:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App