राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालसम्म १७ स्थानमा जित निकालेको छ।
निर्वाचन आयोगका अनुसार अहिले बिहान पौने ७ बजेसम्म रास्वपाले १७ स्थानमा जित निकाल्दा एक सय स्थानमा अग्रता कायम गरेको छ।
यस्तै नेपाली कांग्रेस ४ क्षेत्रमा निर्वाचित हुँदा ९ क्षेत्रमा अग्र स्थानमा छ। समान एक-एक क्षेत्रमा निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी क्रमश १२ र ११ औं क्षेत्रमा अग्र स्थानमा छन्।
प्रकाशित: २३ फाल्गुन २०८२ ०६:५२ शनिबार