राजनीति

भण्डारीको निजी वेबसाइट सार्वजनिक

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले निजी वेबसाइट सार्वजनिक गरेकी छन्। नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्किएसँगै भण्डारीले निजी वेबसाइट सार्वजनिक गरेकी हुन्।

वेबसाइटमा भण्डारीको सार्वजनिक जीवन, राजनीतिक योगदान, राष्ट्रपतिका रूपमा निर्वाह गरेका भूमिका, अन्तर्राष्ट्रिय मञ्चहरूमा जनाएको सहभागिता, विचार, अभिव्यक्तिहरू र तस्बिरसहितका स्मृतिहरू सङ्ग्रहित छन्।

'यो वेबसाइट पूर्वराष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको समग्र राजनीतिक यात्राको दस्तावेजीकरण मात्र होइन, लोकतान्त्रिक मूल्यहरू, समावेशी राजनीति, लैङ्गिक समानता, समाजवाद उन्मुख मार्गचित्र तथा अन्तर्राष्ट्रिय मित्रता प्रवर्द्धनमा उहाँले पुर्‍याउनुभएको योगदानलाई स्मरणीय र सन्दर्भयोग्य बनाउने उद्देश्यले निर्माण गरिएको हो,’ जानकारी दिन जारी गरिएको विज्ञप्तिमा भनिएको छ। 

प्रकाशित: ३१ असार २०८२ २२:०२ मंगलबार

#Bidya Bhandari #NagarikNews