राजनीति

हिजो आक्रोश पोख्ने प्रधानमन्त्री र आँसु बगाउने गृहमन्त्री आज मौन छन् : बासना थापा

नेपाली कांग्रेसले सुनसरी घटनामा सरकार मौन बसेको आरोप लगाएको छ। बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्री र गृहमन्त्रीको भूमिकामाथि  प्रश्न उठाइन्।

उनले भनिन्, ‘आज कप्तानगन्जमा नेपाली युवाले ज्यान गुमाएका छन्। एउटा परिवारले आफ्नो छोरा गुमाएको छ। एउटा आमाले आफ्नो कोख रित्याएकी छिन्। तर यो घटना पछि सरकार मौन छ’।

हिजो आक्रोश पोख्ने र आँसु बगाउने प्रधानमन्त्री र गृहमन्त्रीको मौनताले राज्यप्रतिको भरोसा कमजोर बनाएको उनको भनाइ छ।

उनले भनिन्, ‘हिजो आक्रोश पोख्ने प्रधानमन्त्री आज मौन हुनुहुन्छ, सदनमा आँसु झार्ने गृहमन्त्री पनि आज मौन हुनुहुन्छ। के सरकारले लगाएको कालो चश्माले मृत्यु र पीडाको रङ पनि फरक–फरक देख्छ?’

थापाले प्रधानमन्त्री बालेन काठमाडौं महानगरका मेयर हुँदाको भावना र आज प्रधानमन्त्री हुँदा व्यवहार बदलिएको आरोप लगाइन्।

प्रकाशित: १४ श्रावण २०८३ ११:५३ बिहीबार