राजनीति

प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद्

जेन-जीको प्रदर्शन उग्ररुप बनेपछि भएको क्षतिलगायतका विषयमा मन्त्रिपरिषदमा छलफल हुने भएको छ ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ६ बजेलाई मन्त्रिपरिषद बैठक बोलाएका छन् ।  

जेन-जीको आन्दोलन उग्ररुप बनेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू जारी गरेको छ भने अहिले पनि प्रदर्शनस्थलमा प्रहरीसँगको झडप जारी छ।

प्रकाशित: २३ भाद्र २०८२ १५:२१ सोमबार